१८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी जस्ताको तस्तै

काठमाडौं । साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ ।

वैज्ञानिकले कुकुरको मृत्यु हुँदा त्यो दुई वर्षको हुनसक्ने अनुमान गरेको छ ।

रेडियोकार्बन थेरापीमार्फत् मृत्युको समय, कुकुरको उमेर र कतिवर्षदेखि बरफमा पुरिएको थियो भनेर पत्ता लगाइएको छ।

हज्जारौं वर्षसम्म हिउँमा पुरिँदासमेत यसको शरीरको रौं, नाक र दाँत सही अवस्थामा छन् ।

स्विडेनको सेन्टर फर पेलियोजेनेटिक्समा अनुसन्धानकर्ता डेव स्टेनटनले सिएनएनसँगको कुराकानीमा कुकुरको डिएनए सिक्वेन्सिङमार्फत् यो एउटा यस्तो प्रजातिको हो जुन कुकुर र ब्वाँसोको पूर्वज एकै हुन् भन्ने जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले त्यो शवबाट धेरै डाटा पाएका छौं र यतिधेरै प्रजातिबाट यो कुकुर कुन प्रजातिको हो भनेर पत्ता लाग्ने आशा गर्न सक्नुहुन्छ ।’

यो कुकुरको नाम डोगर राखिएको छ । याकुट भाषामा यसको अर्थ हो साथी ।

आधुनिक कुकुर ब्वाँसोका वंशज भएको मानिन्छ तर कुकुर कहिले घर पालुवा बने यसबारे बहस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?