१३ औं सागः महिला एथलेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले ऐतिहासिक स्वर्ण हात पारेकी छिन् । साग इतिहासमै नेपाली महिला एथ्लेटिक्स खेलाडीले स्वर्ण जितेको यो पहिलो पटक हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेण्ड समयमा १० हजार मिटरको दूरी पार गरेकी थिइन् ।

उक्त प्रतिस्पर्धामा भारतले रजत पदकमै चित्त बुझाउनुपरेको छ । सन्तोषीले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डको साँघुरो समयान्तरले पराजित गरेकी हुन् ।

त्यस्तै बंगलादेशका लागि निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डमा दौड पूरा गरेर कास्य पदक हात पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?