काठमाडौं । १३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको उक्त प्रतिस्पर्धामा टस जितेर श्रीलंकाले बलिङ चुनेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो ।
खेलको शुरुवातदेखि नै खस्कँदै गएको नेपालको साखलाई उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँगको सहकार्यमा उकासेका थिए । दुईजनाको साझेदारीले नेपाललाई ५६ रन दिलाउन सफल भयो । त्यस्तै, पवन शर्राफसँगको साझेदारीमा उनले ६२ रन बनाए ।
पूर्वकप्तान पारस खड्का भने नेपालको स्कोर २ रन हुँदा व्यक्तिगत एक रनमै आउट भए ।
त्यस्तै, आरिफ शेखले १९ र कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडेर मैदानबाट बाहिरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया