मंगलबार दुई बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । मंगलबार दुई बैंकको शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा मुक्तिनाथ विकास बैंक र माछापुच्छ्रे बैंकको बोनस शेयर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता तथा माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचिकृत गरिएको उक्त शेयर लगानीकर्ताहरुले भने अब दोस्रो बजारमा कारोबार गर्न सकिने बैंकहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?