नेपालविरुद्ध श्रीलंकाले ६ ओभरमा बनायो ५१ रन

काठमाडौं । कीर्तिपुरस्थित टियु मैदानमा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालविरुद्ध श्रीलंकाले ६ ओभरको समाप्तीमा ५१ रन बनाएको छ ।

अहिलेसम्म श्रीलंकाको ३ विकेट पतन भइसकेको छ । नेपालका सुसान भारीले तेस्रो विकेट लिएका हुन् ।

नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?