भारतीय महिला भलिबलकी कप्तान फाइनलमा नखेल्ने सम्भावना, कारण यस्तो

काठमाडौं । भारतीय महिला भलिबल टिमकी कप्तान मिनोमोल अब्राहमको स्वास्थ्यमा समस्या देखिएको छ ।

निकट स्रोतका अनुसार बिरामी भएकै कारण उनले आज अपराह्न हुन गइरहेको भलिबल फाइनलमा समेत नखेल्ने सम्भावना रहेको छ ।
अब्राहम भारतीय टिमकी अब्बल स्पाइकर हुन् ।

महिला भलिबलमा ऐतिहासिक रजत जित्ने पक्का भइसकेको नेपाली टोली स्वर्ण लागि आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिद्वन्दी टोलीको सशक्त खेलाडी बिरामी पर्नुले नेपालको स्वर्ण सपना साकार हुने सम्भाव्यता बढाएको हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?