काठमाडौं । बलात्कार प्रयासको आरोपमा डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटन पुगेकी छन् । जिल्ला अदालतले थुनामा पठाउने भनी आदेश दिएको थियो । जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै महरा पाटन पुगेका थिए । महराबाटै बलात्कृत भएको भनिएकी शाहीले आइतवार उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन।
रोशनीको निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ। रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जवरजस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएको कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरिएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले बताउनुभयो । साथै निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध समेत मंगलबार इजलासमा निवेदन दिन पुगेकी हुन । रोसनीको निवेदन बुधबार इजलासमा पेश हुँदैछ। साथै जाहेरीकर्ता स्वयम् आदेशविरुद्ध निवेदन दिन आएकाले अदालत प्रशासनले दर्ता अस्वीकार गरेको दाहालले बताउनुभयो । ।
यदि दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरेमा मात्र रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ। प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्था टेकेर रोशनीले निवेदन दिएकी हुन्। थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले मंसिर ५ गते उच्च अदालत पटनमा निवेदन दिएका थिए।
महरालाइ काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया