भुवन दाहाल बैकर्स संघको अध्यक्षमा सर्वसम्मत

काठमाडौं। बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका हुनुभएको छ । दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत हुनुहुन्छ ।

संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन हुनुभएको छ । उहाँ नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। संघमा सदस्यहरु गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक सबै नयाँ अनुहार छन् ।

संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।

आगामी मंसिर १९ गते हुने साधारणसभाको लागि मंगलबारसम्म उम्मेदवारी दर्ता गराउने समयसीमा भित्र दाहालको मात्र उमेदवारी परेपछि अध्यक्ष पद सुरक्षित भएको हो ।

अध्यक्ष पदका लागि उहाँले सबै बैंकका सीइओहरुसँग छलफल गरी आइतबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?