ग्लोबल आईएई र जनता बैंकको कारोबार बन्द हुने

काठमाडौँ । ग्लोबल आईएई बैंक र जनता बैंकबीच मर्जर हुँने भएकाले सेवा प्रभावित हुँदैछ । दुई बैंकबीच २० गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले १८ घण्टाका लागि कारोबार प्रभावित हुने ग्लोबल आईएमई बैकले एक सूचनामार्फत जनाएको छ ।

बुधबार साँझ ६ बजेदेखि बैंकको एटीमएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ, तथा इन्टरनेट बैंकिङ सेवा बन्द हुने तथा बिहीबार बैंकका सबैखाले सेवा बन्द रहने सूचनामा जनाइएको छ ।

बैंकले यसबाट ग्राहकमा पर्ने असुविधानप्रति क्षमयचना गर्दै २० गतेबाट भने ग्लोबल आईएमई बैंककै नाममा एकीकृत कारोबार सुचारु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?