पर्वत, ३ माघ । जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको हो । सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका बिरामीलाई शल्यक्रियाका लागि पोखरातर्फ रिफर गर्ने गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ शल्यक्रिया गर्ने एनेस्थेसियोलोजिस्ट चिकित्सक एक महिनाअघि सरुवा भएर छिमेकी जिल्ला बागलुङ गएपछि पर्वतमा महिनादिनदेखि बन्द भएको जिल्ला अस्पताल पर्वतका प्रमुख डा बुद्धिबहादुर थापाले बताए उनले शल्यक्रिया गर्नुपर्ने प्रसूति सेवालाई तत्कालै अन्यत्र पठाउन बाध्य भएको र अन्य सेवामा भने चौबिसै घण्टा सेवा दिन सकेको स्वीकार गरे । शल्यक्रिया सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक अन्यत्र सेवा सुविधा बढी पाएपछि गएको उनको भनाइ छ जिल्लाभरि नै एक मात्र शल्यक्रिया सेवा शुरु गरेको जिल्ला अस्पताल पर्वतमा जिल्लाका पाँच गाउँपालिका तथा दुई नगरपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गरेका छन् । दैनिकजसो एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मासिक कम्तीमा पाँचदेखि सातजना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराएकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नुपरेको छ । शल्यक्रिया सेवा शुरु भएको जानकारीको प्रचार गरिएपनि बन्द भएको जानकारी कसैलाई पनि दिइएको छैन करार सेवाका लागि पुनः आवश्यकता खुलाउने तयारी भएकाले सेवा नभएको जानकारी नगराइएको डा थापाले बताउनुभयो । ब्लड बैंकको समेत अभाव भएकाले शल्यक्रिया नियमित सञ्चालनमा समस्या छ । सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने सर्तमा मात्र शल्यक्रिया सेवा गरिएको भए पनि एक महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्ति पनि सम्पर्कमा राख्न नसकिएको उनको भनाइ छ जिल्ला अस्पताल पर्वतले बिरामीलाई दिने सेवामा समेत गुनासो आउने गरेको छ । शल्यक्रिया सेवा शुरु भएपछि अहिलेसम्म ३५ भन्दा बढीले प्रसूति सेवा लिएको तथ्यांक अस्पतालमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया