सडक मर्मतका लागि एक अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सडकको खाल्डाखुल्डी पुर्नका लागी ठुलो मात्रामा बजेटको विनियोजन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेलगत्तै सडकका खाल्डाखुल्डी पुर्न र त्यसका निम्ति वातावरण तयार गर्न निर्देशन दिनुभएको थियो । यससँगै सडक मर्मतको कामले समेत गति लिएको छ । सडक विभागले करिब ९ हजार किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी तीन महिनाभित्र सडक मर्मत गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय राजमार्ग तथा उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र टालटुल गर्नका लागी विभागले १ अर्ब बजेट छुट्याएको छ ।

सडक मर्मतको काम मंसिर अन्तिम साताबाट शुरु गरी माघ अन्तिमसम्ममा उपत्यका र प्रमुख राष्ट्रिय राजमार्गका सडक मर्मत गर्ने तयारी भइरहेको बिभागले जनाएको छ । साथै प्रत्येक सडक डिभिजन कार्यालयसँग खाल्डाखुल्डीको अबस्था साथै समग्र सडकको अवस्थाको विवरण माग गर्दै मंसिरभित्र विवरण पठाइसक्न समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?