साइक्लिङमा नेपालका राजेश र निश्मालाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुई स्वर्ण हात पारेको हो । पुरुषमा नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण हात पारे ।

राजेशले १ किमिको दुरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गरे । पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत र प्राचित थापाले कास्य हात पारे ।

निरभले १ मिनेट ५०.०८० सेकेण्डको समय निकाल्दा प्राचित १ मिनेट ५१.६६१ सेकेण्डको समय निकाले । निश्माले २ मिनेट २२.४५१ सेकेण्डको समय निकाल्दै स्वर्ण हात पारिन्।

महिलातर्फ नेपालकी जमुना थापाले २ मिनेट ४१.५५१ सेकेण्डको समयसहित रजत हात पारिन्। भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७.२३८ सेकेण्डको समयसहित कास्य हात पारिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?