एन.आई.सी एसिया र अजोड इन्स्योरेन्सबीच अनलाइन भुक्तानी गर्न सम्झौता

काठमाडौं । एन.आई.सी एसिया बैंक र अजोड इन्स्योरेन्सले ग्राहकहरुका लागी अनलाईन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता गरेका छन् ।

यससँगै अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एन.आई.सी एसिया बैंकको नेपालभरका सम्पुर्ण शाखाबाट लिन सकिने व्यबस्था गरिएको एन.आई.सी. एसिया बैंक बैंकले जनाएको छ ।

आइतवार एक कार्यक्रमकाबिच उक्त सम्झौता भएको थियो । एन.आई.सी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?