साग प्रतियोगिता चौथो दिनमा : नेपालको अग्रता कायमै, पच्छ्याउँदै भारत

काठमाडौं । दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै राखेको छ । नेपालले जम्मा ६० पदक जितेको छ । जसमा स्वर्ण २७, रजत १४ र कांस्य १९ समावेश छ ।

यसैगरी भारत २३ स्वर्ण, १९ रजत र १२ कांस्यसहित ५४ पदक जित्दै पदक तालिकामा नेपालको पछिपछि छ । यसैगरी तेस्रो स्थानमा रहेको पाकिस्तानले ८ स्वर्ण,१४ रजत र १३ कांस्यसहित ३५ पदक जितेको छ भने चौथो स्थानमा रहेको श्रीलंकाले ७ स्वर्ण, १८ रजत र ३२ कांस्यसहित ५७ पदक जितेको छ ।

पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जित्दा माल्दिभ्स १ स्वर्ण जितेर पनि छैटौँ स्थानमा रहेको छ । माल्दिभ्सले थप २ कास्य पनि जितेको छ ।

यता तालिकाको पुछारमा रहेको भुटानले ३ कांस्य जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?