एजेन्सी । सन् २०२० मा आयोजना हुने कोपा अमेरिका फुटबलको समूह विभाजन भएको छ ।
कोपा अमेरिकाले सहभागी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह एअन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया। बोलाभिया, चिली, उरुग्वे र पराग्वे रहेका छन् । समूह बी मा ब्राजिल, कोलम्बिया, कतार, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् ।
दुई समूहको शीर्ष चार टिमले क्वाटरफाइनलमा स्थान बनाउने छन् । यस संस्करणमा एसियाबाट कतार र अष्ट्रेलियाले आमन्त्रित टिमको रुपमा सहभागिता जनाउने छन् ।
कोपाको उद्घाटन खेलमा अर्जेन्टिना र चिलीले प्रतिस्पर्धा गर्नेछन् । खेल जुन १२ मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया