काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशमाथि २६-२४ को कठिन जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको हो ।
नेपालको जितमा उमा राईले सर्वाधिक ८ गोल गरिन् ।
यस्तै निशा राईले ५ गोल गर्दा कविता राई र रन्जना राईले समान ४-४ गोल गरिन् । यस्तै आइता लोमु शेर्पा र शान्ति कला राईले समान २-२ तथा कल्पना ओलीले १ गोल गरिन् ।
जितसँगै नेपाल समूह बी समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया