बैंकको १८ करोड हिनामिना प्रकरण : १२ लाख धरौटिमा छुटे २ अभियुक्त

काठमाडौं । बैंकबाट १८ करोड रकम हिनामिना प्रकरणमा परेका मध्ये दुइ जना धरौटीमा छुटेका छन् । नारायणपुरमा रहेको देव: विकास बैंक तत्कालीन वेष्टर्न डेभलमेन्ट बैंकबाट १८ करोड रुपैयाँ हिनामिना भएको थियो । धरौटीमा छुट्नेमा बैंक सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

उक्त हिनामिना प्रकरणमा प्रहरीले यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसँगै सरकारी वकिल कार्यालयले कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको गरेको थियो । उच्च अदालत तुलसीपुर दाङले बुधबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

उनीहरु मात्र नभएर बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी,ऋणी, खातावाल गरेर ५६ जना रहेको छन् । र उनिहरु विरुद्द समेत मुद्दा रहेको छ ।

रकम हिनामिना प्रकरणमा बैंकका म्यानेजरसहित १३ जना कर्मचारी तथा खातावाला समेत गरी पाँच जना पुर्पक्षका लागि कारागार चलान भइसकेको प्रहरीले जनाएको छ ।

उक्त बैंकको रकम हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैंकका सिइओ खिमबहादुर डिसी,लोन सहायक पोषणराज जैसी, बुटवलका अडिटर प्रेम भुर्तेल, बैंकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, सहायक सिर्जना थापासहित छ जना साथै खाताको रकम दुरुपयोग गरेकोमा वसन्तबहादुर बस्नेत लगाएत अन्यलाइ समेत मुद्दा रहेको छ । रकम हिनामिना प्रकरणमा मुद्दा लागेपछि उनीहरु भने फरार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?