पौडीमा एलेक्जेन्डर र डुवनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालका पौडीबाज एलेक्जेन्डर शाह र डुवना लामाले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

पुरुष २ सय मिटर फ्रिस्टाइल तर्फ एलेक्जेन्डरले २ मिनेट ०२.३० सेकेण्डको समयमा पार गर्दैराष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले शिरिष गुरुङको २ मिनेट ०६.३५ सेकेण्डको कीर्तिमानी तोडेका हुन् ।

यस्तै महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा डुवनाले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन् ।
डुवनाले २ मिनेट ४८.५७ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् । डुवनाले नेपालगंजमा भएको आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५.०९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?