काठमाडौंको बुढानिलकण्ठमा ड्रोन उडाउने भारतीय पक्राउ

काठमाडौं, ३ माघ । ड्रोन उडाएको अभियोगमा काठमाडौंको बुढानिलकण्ठमा एक भारतीय युवक पक्राउ गरेका छन् पक्राउ पर्नेमा भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा छन् । बुढानिलकण्ठ नगरपालिका–३ डेरामा बस्दै आएका उनी घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ उनी बसेको घरमा अन्य २१ जना भारतीय नागरिक बस्दै आएका थिए । लामाले दरबारमार्गस्थित राईजिङ मलबाट मनोरञ्जनको लागि गत मंसिर ८ गते ड्रोन ल्याएको प्रहरीलाई बयान दिएका छन् पक्राउ परेका लामामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?