काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले एक दिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा व्यापार विस्तार, बैंकिङ कर्जा, बैंकिङ प्रणाली, लेखा तथा करसम्बन्धी छलफल गरिएको तथा जानकारी गराइएको थियो ।
बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो ।साथै बिभिन्न समयमा बिभिन्न ठाँउमा आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउनका लागी सहुलियत कर्जा, बैंक खाता तथा अन्य बैंकिङ सेवाहरू उपलब्ध गराँउदै आएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया