काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक हात पारेकी छिन् ।
सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण हात पारेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरिन् ।
गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण हो । यस अघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ ।
महिला २ सय मिटर फ्रिस्टाईलमा भारतले रजत र बंगलादेशले कास्य जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया