काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग) को पाँचौं दिनमा भारत ४० स्वर्णका साथ शिर्ष स्थानमा रहेको छ । जसमा ४० स्वर्ण, ३१ रजत र १५ कांस्य समावेश छ ।
यसैगरी नेपाल ३२ स्वर्ण १९ रजत र ३० कांस्यसहित ८१ पदक जित्दै पदक तालिकामा भारतको पछिपछि छ । । यसैगरी तेस्रो स्थानमा रहेको श्रीलंकाले १२ स्वर्ण २६ रजत ४४ कांस्यसहित ८२ पदक जितेको छ ।
चौथो स्थानमा रहेको पाकिस्तानले १० स्वर्ण, १८ रजत र १९ कांस्यसहित ४७ पदक जितेको छ ।
पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २९ कांस्यसहित ४० पदक जित्दा माल्दिभ्स १ स्वर्ण र २ कांस्यसहित छैटौँ स्थानमा रहेको छ ।
यता तालिकाको पुछारमा रहेको भुटानले ४ कांस्य जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया