काठमाडौँ । काठमाडौ, पोखरा र जनकपुरमा जारी १३ औंँ सागको बिहीबारसम्म आइपुग्दा भारतले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । नेपालले जित्ने आशा गरिएका खेलहरु सकिएको र भारतको उत्कृष्ट प्रदर्शन हुने खेलहरु चल्दै गर्दा भारतले ६२ स्वर्ण पदक बनाउँदै अग्रता फराकिलो बनाएको हो ।
बिहीबार रातिको अन्तिम पदक तालिकाअनुसार भारतले नेपालले भन्दा २६ वटा बढी स्वर्ण पदक जितको छ । नेपालले ३६ स्वर्णमात्रै जितेको छ ।
भारतले ४१ रजत र २१ कांस्य जित्दै कूल पदक १२४ वटा पाएको छ ।
यस्तै नेपालले २७ रजत र ३८ कांस्य गरी कूल १०१ पदक जित्दै दोस्रो स्थानमा छ ।
यता १७ स्वर्ण, ३५ रजत र ५५ कांस्य जितेको श्रीलंकाको कूल पदक १०७ वटा रहेको छ भने पाकिस्तानले पनि १५ स्वर्ण पदक जितेकाे छ । बंगलादेश र माल्दिभ्सले क्रमशः ४ र १ स्वर्ण जितेका छन् । यता भुटानले भने मात्र ६ कांस्य जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया