न्यायाधीश नियुक्ति गर्न बसेको बैठक निष्कर्षविहीन

सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि बैठक बसेको तर पुनः बस्ने गरी बैठक स्थगत भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

न्याय परिषद् सदस्य रहुनभएका पदम वैदिकलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने विषयमा विरोध आएपछि बैठकले निर्णय गर्न सकेन । परिषद्का सदस्य वैदिकले एक वर्ष कार्यकाल बाँकी रहँदै बुधबार परिषद्को सदस्यबाट राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको थियो । राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृतसमेत गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?