काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज १९ खेल हुँदैछन् । आजबाट बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेल सुरु हुँदैछन् । सुरु भइसकेका खेलले निरन्तरता पाउनेछन् ।
कुन खेल कहाँ ?
सातदोबाटोको नेसनल कराँते एकेडेमीमामा : बक्सिङ र स्क्वास
कीर्तिपुरको कभर्डहलमा : फेन्सिङ
जनकपुरमा : कुस्ती
पोखरामाः ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्याण्डबलका हुनेछ ।
काठमाडौंमा : एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस, टेनिसका खेलहरु पनि हुनेछन् ।
सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीमा आजदेखि सुरु हुने बक्सिङमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्देछन् ।
क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्नेछ । टीयू मैदानमा दिउँसो १ बजेबाट सुरु हुँने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया