एन आइ सी एशियाको ४४ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासीमा सञ्चालन

काठमाडौं । एन आइ सी एशिया बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा नवलपरासीको रानीनगरमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा मानिसहरुमा वित्तीय पँहुच तथा वित्तीय सवलीकरणको लागी सेवा विस्तार गरेको हो । मंसिर १९ गतेबाट नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं ७ मा आफ्नो ४४ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग तथा वडा नं ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीले संयुक्त रुपमा उक्त शाखाको उत्घाटन गर्नुभएको हो । उक्त सेवाको विस्तारसँगै मानिसहरुले स्थानिय प्रतिनिधी मार्फत बैँकिङ्ग सेवा लिन सक्नेछन् । त्यसले गर्दा बैंकिङ कारोबारका लागी टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

साथै ग्रामिण भेगका मानिसहरुले उक्त शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको समयमा रकम जम्मा गर्ने तथा झिक्ने, मोवाइल रिर्चाज गर्ने, टेलिफोन, एडिएसएल तथा डिस होमको महशुल भुक्तानी गर्ने लगायत अन्य सेवा सुविधा लिने सक्नेछन् । उक्त शाखा सञ्चालनले ग्रामीण क्षेत्रका मानिसहरुले स्थानिय स्तरमै बैंकिङ क्षेत्रको सेवा लिन सकिने बिश्वास बैंकले लिएको छ ।

एन आइ सी एशियाले मुलुकका बिभिन्न क्षेत्रमा सञ्जाल विस्तार गरि मुलुककै ठुलो सञ्जाल भएको बैंकको रुपमा आफुलाइ स्थापित गरिसकेको छ । यसैक्रममा बैंकले मुलुकभर ३१० शाखा कार्यलय, ३९९ एटिएम, ९३ वटा एक्स्टेन्सन काउन्टर तथा ४४ वटा शाखारहित बैंकिङ्ग शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?