१३ औं साग : माल्दिभ्ससँग जितको खोजीमा नेपाल

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल माल्दिभ्ससँग भिड्दैछ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले अपरान्ह १ बजेपछि माल्दिभ्ससँग भिड्न लागेको हो । तुलनात्मक रुपमा कमजोर टिम माल्दिभ्सविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ ।

साग क्रिकेटको फाइनलको यात्रा तय यर्न नेपालले आज माल्दिभ्सलाई पराजित गर्नुपर्ने छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

नेपालले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । माल्दिभ्सविरुद्ध पनि नेपाल कीर्तिमानी जितको योजनामा रहेको छ । माल्दिभ्सले २ खेलमा अंक जोड्न सकेको छैन ।

तीन खेलमा अपराजित श्रीलंका ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

शुक्रबार नै बंगलादेशको यू-२३ ले भुटानको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?