काठमाडौं । बंगलादेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा पहिलो जित हात पारेको छ ।
दशरथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो । बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरेका थिए ।
जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसको फाइनल पुग्ने सम्भावना कायम रहेको छ । बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया