काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा दुई स्वर्ण पदक हात पारेका मण्डे काजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
नेपाल युथ ग्रुपका अध्यक्ष तथा थ्री स्टार क्लबका म्यानेजर राम श्रेष्ठले शुक्रबार मण्डेलाई ५० हजार नगदले सम्मानित गरेका हुन् । आठौं सागका स्वर्ण पदक विजेता तथा करातेका म्यानेजर रबि महर्जन, आठौ सागका कास्य पदक बिजेता मुकुन्द्र महर्जनको उपस्थितिमा श्रेष्ठले मण्डेलाई ५० हजारको चेक प्रदान गरेका हुन् । मण्डेले १३ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए ।
उनले कातामा स्वर्ण जितेका थिए । यस्तै मण्डेले टिम कातामा समेत स्वर्ण जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया