भारोत्तोलनमा कमललाई कास्य

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालका कमल बहादुर अधिकारीले कास्य पदक हात पारेका छन् ।

पोखरामा शुक्रबार कमलले पुरुष ७८ केजी तौल समूहमा कास्य पदक हात पारेका हुन् । सागको उद्घाटनको मार्चपासमा नेपाली झण्डा बोेकेका ओलम्पियन कमलले स्न्याचतर्फ १ सय १२ र क्लिन एण्ड जर्कमा १ सय ४० किलो गरी समग्रमा २ सय ५२ किलो भार उचालेका थिए ।

यस स्पर्धामा पाकिस्तानका तलहा तालिबले स्वर्ण पदक जिते। उनले स्न्याचतर्फ १ सय ४० र क्लिन एण्ड जर्कतर्फ १ सय ५२ किलो गरी समग्रमा २ सय ९२ किलो भार उचालेका थिए।

श्रीलंकाका जेएसी लकमलले रजत पदक जिते । उनले स्न्याचमा १ सय १९ र क्लिन एण्ड जर्कमा १ सय ४४ गरी समग्रमा २ सय ६३ किलो भार उचालेका थिए। कमलले श्रीलंकाको कोलम्बोमा भएको दशौं सागमा स्वर्ण पदक जितेका थिए ।

यस्तै पुरुष ७३ केजी तौल समूहमा नेपालका प्रकाश केसीले पनि कास्य पदक जितेका छन् । उनले स्न्याचमा १ सय १५ र क्निल एण्ड जर्कमा १ सय ५० गरी समग्रमा २ सय ६५ किलो भार उचालेका थिए ।

यस स्पर्धामा भारतका अचिन्ता शेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?