सल्यान, ३ माघ । यस वर्ष जिल्लामा रु ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट सात हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । गत वर्षभन्दा आठ हेक्टर बढीमा सुन्तला उत्पादन भएको छ गत वर्ष जिल्लामा रु २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो । करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । उत्पादित सुन्तलालाई बिक्री गर्न कुने समस्या नभएको कृषकले बताएका छन् । उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया