काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसको महिला सिंगल्समा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् । सिंगल्सतर्फ नेपालका अन्य खेलाडी भने क्वाटरफाइनलमै रोकिए । महिला सिंगल्सतर्फ सलोनी तामाङ भारतकी सौजन्या भाबी सेटीसँग ६-२ र ६-३ ले पराजित भईन् ।
पुरुषको सिंगल्सतर्फ नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वाटरफाइनलमा पराजित भए । प्रणव पाकिस्तानका मोहम्मद मुर्तजासँग ६-० र ६-१ ले पराजित भए ।
यस्तै संरक्षक भारतका मनिष सुरेश कुमारसँग ६-० र ६-० ले पराजित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया