काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
किरणले निर्धारित दुरी २ घण्टा २१ मिनेट १६ सेकेण्डको समयमा पुरा गरे । योसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ ।
किरणको यो ट्रयाक एण्ड फिल्डमा पहिलो व्यक्तिगत स्वर्ण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया