काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपाल विजयी भएको छ । नेपाल र माल्दिभ्सभिच भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले हराउँदै दोस्रो जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुरुवाती अग्रता माल्दिभ्सले बनाएको थियो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा फर्काए । अभिषेकले डिबक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका थिए ।
त्यसपछि खेलमा ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २-१ को जित दिलाए ।
जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया