भ्रमण वर्ष–२०२० लाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने

काठकाडौं । क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ ।

फाउण्डेशनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले भ्रमण वर्षमा नेपालमा २० लाख पर्यटक भित्र्याउन सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो ।
अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा सो संस्था स्थापना भएको हो । संस्थाका अध्यक्ष नोयल अमेरिकन लेखक तथा पत्रकार हुनुहुन्छ ।

सो अवसरमा उहाँले आफूले नेपालका प्राकृतिक सुन्दरता, हिमालको अध्ययन तथा अनुसन्धान गरेको अनुभव सुनाउँदै नेपाल भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अगामी दिनमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्छ । हिमालका बारेमा थप प्रचारप्रसारको खाँचो रहेको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?