१३ औं साग : आठौं दिन आज १५ खेल हुँदै, कुन खेल कहाँ ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज विभिन्न १५ खेल हुँदैछन् । आज पनि काठमाडौसहित पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुनेछ । सातौ दिन सम्म ११९ स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

पुरुष फुटबल 

आज नेपाल र बंगलादेश बीच फुटबलमा प्रतिस्पर्धा हुँदैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनलमा भुटान संग खेल्नेछ ।

क्रिकेट

क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आइतबार स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू–२३ र बंगलादेश यू–२३ बीच प्रतिस्पर्धा हुनेछ ।

सुटिङ

सागको आठौं दिन सुटिङतर्फ एक खेल मात्रै बाँकी रहेको छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ ।

जुडो
साग अन्तर्गत जुडोको खेल आजबाट सुरु हुँदैछ ।

बक्सिङ

बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुँदैछ ।

भारोत्तोलन

भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ ।

बास्केटबल

बास्केटबलमा आइतबार पनि लिग चरणको विभिन्न खेल हुनेछ । आइतबार नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग खेल्नेछ ।

पौडी

पौडीमा आइतबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

फेन्सिङ

फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ ।

टेनिस

टेनिसमा आइतबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ।

कुस्ती

कुस्तिको खेल जनकपुरमा आज पनि हुँदैछ ।

बिच भलिबल

बिच भलिबलमा आइतबार सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । महिला र पुरुषमा दुवै तर्फा उपाधिका लागि खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?