नयाँ दिल्लीको एक अनाज मण्डीमा भिषण आगलागी, ३२ जनाको मृत्यु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक अनाज मण्डीमा आगलागी भएको छ । आगलागीमा ३२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको बताइएको छ ।

आगोलाई ३० वटा दमकलले नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा आए पनि अझै केही मानिसहरू भित्र फसिरहेका हुँनसक्ने बताइएको छ ।

५० जनालाई बाहिर निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पताल उपचार भइरहेको छ। एक प्रत्यक्षदर्शीले खाद्य उद्योगमा काम गरेर मानिसहरू सुतिरहेका बेला आगलागी भएका बताए।

धुँवाले सास फेर्न अप्ठेरो भएपछि मात्र उनीहरूले आगो लागेको थाहा पाएका र उनीहरु चिच्याएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?