एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नेमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको छ । शनिबार राति वर्नेमाउथको घरेलु मैदानमा लिभरपुलले जित हात पारेको हो ।
जित सहित लिभरपुलले अंक तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको छ ।
जोर्डन हेन्डरसनको लामो पासलाई सदुपयोग गर्दै ओक्सलाडे चेम्बर्लिनले ३५ औ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । नाबी केईटाले ४४ औ मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे ।
मोहमद सलाहाले ५४ औ मिनेटमा लिभरपुललाई ३-० को स्थितीमा पुर्याएका थिए ।
लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रालाई कीर्तिमानी ३३ खेलसम्म पुर्याएको छ । उसले जारी सिजनमा १६ मध्य १५ खेलमा जित निकालेको छ ।
लिभरपुलको प्रतिद्वन्दी लेस्टरको ३५ अंक रहेको छ । लिभरपुलले ११ अंकको अग्रता सहित ४६ अंक जोडेको छ ।
वर्नेमाउथ १६ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया