काठमाडौं । लमजुङमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । लमजुङ बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ७ बजे सुन्दरबजार नगरपालिका ७ पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ज्यान गुमाउने महिलाको पहिचान खुल्न सकेको छैन ।
घाइते भएका ६ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आबुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको पनि पहिचान खुल्न सकेको छैन ।
बस चालक तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया