काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक अनाज मण्डीमा आगलागी हुँदा कम्तिमा पनि ४० जनाको मृत्यु भएको छ । मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको बताइएको छ ।
आगोलाई ३० वटा दमकलले नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा आए पनि अझै केही मानिसहरू भित्र फसिरहेका हुँनसक्ने बताइएको छ ।
नयाँ दिल्लीको एक साँघुरो गल्लीमा रहेको ६ तले भवनमा आइतबार बिहान आगलागी भएको थियो । उद्धारकर्ताहरुका अनुसार झोला उत्पादन गर्ने कारखानाभित्र मजदुरहरु सुतिरहेको समयमा आगलागी भएको थियो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उनीहरुले प्रहरीले जनाएको
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकै डरलाग्दो आगजनी भएको र उक्त दुखद घटना भएको ठाउँमा सम्भावित सम्पूर्ण सहयोग, उद्धार र राहतको काम भइरहेको पनि बताउनुभएको छ ।
नयाँ दिल्लीस्थित अग्नी नियन्त्रक कार्यालयका अनुसार उक्त आगलागीका बारेमा स्थानीय समय अनुसार आइतबार बिहान ५:२२ बजेतिर फोन आएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया