यस्ता छन् बदामका फाइदै फाइदा, नियमित सेवन गर्ने की !

काठमाडौं । नेपालमा क्रमिक रुपमा तापमान घट्दै गइरहेको छ । तपाईलाई थाहा छ, चिसो मौसममा बदाम र सुन्तला घाम तापेर खानुको मज्जा नै बेग्लै हुन्छ । खासगरी जाडोयाममा खाइने बदाममा प्रोटिन भरपुर मात्रामा हुन्छ । जानकारहरु भन्छन्, बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ ।
यसले हाम्रो शारिरीक मानसिक दुवै रुपमा फाईदा पुर्याउँछ । बदामका अरु धेरै फाईदा हरु यस्ता छन् ।

-नियमित बदामले सेवनले छाला र हाडलाई फाइदा पुर्याउँछ ।
-स्ट्रोक पेट सम्बन्धी रोगहरु निको पार्छ। फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।
-ग्याँस र एसिडीटिको समस्याबाट पनि छुट्कारा मिल्छ ।
-भोक नलाग्ने समस्या हटाउँछ ।
-गर्भवती महिलाहरुलाई पनि यसले फाइदा पुर्याउँछ।
-बदामको प्रयोगले कोस्ट्रोललाई नियन्त्रण गर्छ । जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।
– बदाममा खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।
-यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।
-महिलाको प्रजनन् क्षमता वृद्धि गर्छ ।
-बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मदत गर्छ ।
-बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।
-बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?