निगमले इन्धनमा प्रति लिटर ४२ रुपैयाँ नाफा गर्ने गरेको पुष्टि

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा विभिन्न कारणहरु देखाउँदै नाफा लिने गरेको पाइएको छ । यसै क्रममा निगमले प्रति लिटर ४२ रुपैयाँ नाफा लिने गरेको तथ्य फेला परको छ । नेपाल पर्यटन वर्ष नजिकिएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक कार्यदल नै बनाएको छ । नेपालको हवाई उद्योगमा छुट तथा सहुलियत दिने सम्बन्धमा गठन गरिएको हो । उक्त कार्यदलले निगमको त्यस्तो तथ्य पत्ता लगाएको हो ।

पूर्व सचिव शुरेशमान सिंहको नेतृत्वमा गठन भएको छ। साथै उक्त कार्यदलले जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिनका लागि सरकारले कोष बनाउनुपर्ने र त्यसैका आधारमा एयरलाइन्सहरुलाई शोधभर्ना दिन सुझाव समेत दिएको छ ।

हवाई क्षेत्रमा भाडा छुट दिनका लागि उडानको मुख्य लागत इन्धनको मूल्य महंगो भएको निष्कर्ष निकालेको छ।

विमानस्थलमा लिइने विभिन्न शुल्क कम गर्ने साथै हवाइ इन्धनको मूल्य घटाइ यात्रु लाइ सहजता बनाउने उदेश्य रहेको कार्यदलको उदेश्य रहेको छ । त्यतिमात्र नभएर नेपालको हवाई क्षेत्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने कार्यदलले सिफारिस समेत गरेको हो ।

विदेशी नागरिकलाई पनि नेपाली सरहकै भाडामा उडानका लागि सरकारले इन्धनको मूल्य घटाउनु सुझाव कार्यदलले दिएको छ । विमानस्थलमा लिइने बिभिन्न शुल्कमा सहुलियत दिने तथा एयरलाइन्सहरुले ट्राभल एजेन्सीहरुलाई दिने छुट घटाउने सुझाव समेत कार्यदलको रहेको छ ।

मुनाफा आर्जन गर्ने ठाँउमा कम्पनीहरु आफै आकर्षित हुने हुँदा अन्तरप्रदेशिय उडानलाइ समेत प्रोत्साहन दिन लागेको कार्यदलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?