१३ औं सागः भारोत्तोलनमा नेपालले थप १ रजत र १ कास्य

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले थप एक रजत र कास्य जितेको छ । साग अन्तर्गत नेपालले भारोत्तोलनमा थप १ रजत र १ कास्य जितेको हो । साथै १३ औँ सागमा भारोत्तोलनबाट नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेको छ ।

पुरुष १०९ केजी तौल समूहमा आइतबार सागर भण्डारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित रजत जित्नुभएको हो । भण्डारीले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाउनुभएको थियो ।

पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण पदक जित्नुभएको छ । दस्तगीरले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाउन परेको थियो । मुमिनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?