३७ लाख ६० हजार रुपैयाँमा बिक्री भएको त्यो जर्सी , यसरी उदाएका थिए पेले !

काठमाडौं – एउटा जर्सी ३७ लाख ६० हजार रुपैयाँमा ?  पक्कै पनि तपाईले आँखा तानेर हेर्नुभयो होला । हो, फुटबल लेजेन्ड पेलेको जर्सी ३३ हजार डलर अर्थात् करिब ३७ लाख ६० हजार नेपाली रुपैयाँमा बिक्री भएको छ। खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेलको दौरानमा लगाएको उक्त जर्सी भारी मूल्यका साथ लिलामीमा बिक्री भएको हो। सन् १९७१ मा युगोस्लाभियाविरुद्धको खेलमा उनले लगाएको सो जर्सी इटलीको उनकै लिलामी घरमा बिक्री गरिएको हो। तीनपटकका विश्वकप विजेता पेले अहिले ७९ वर्षका भएका छन्। उनले हालसम्म ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

को हुन् पेले ?
ब्राजिलको विकट गाउँ टेस कोराकोइसमा निम्न वर्गीय परिवारमा जन्मिएका पेले पाकेट खर्चका लागि चिया पसलमा काम गर्थे ।

उनका बुबा फुटबल खेलाडी थिए । शुरुमा बुबाले नै पेलेलाई फुटबल खेल्न सिकाएका थिए । तर, घरको स्थिति यस्तो थियो कि, फुटबल किन्ने पैसा नभएर पेलेले पुराना मोजाभित्र पत्रिका र कपडा कोचेर बल बनाउँथे । र, सधै अभ्यास गर्ने गर्थे ।
उनका बुबा फुटबल खेलाडी थिए । शुरुमा बुबाले नै पेलेलाई फुटबल खेल्न सिकाएका थिए । तर, घरको स्थिति यस्तो थियो कि, फुटबल किन्ने पैसा नभएर पेलेले पुराना मोजाभित्र पत्रिका र कपडा कोचेर बल बनउँथे । र, सधै अभ्यास गर्ने गर्थे ।

पेलेको पारिवारिक हालत नाजुक थियो । उनलाई मनोरञ्जन र खेललाई समय दिनुभन्दा पनि बिहान बेलुकाको छाक टार्न गाह्रो थियो ।

पेलेको पारिवारिक स्थिति कमजोर भएपनि उनले आफ्नो ‘फुटबल सपना’ लाई भने कहिल्यै मर्न दिएनन् । परिवारको गर्जो टार्न उनी काममा पनि पुगेकै हुन्थे । समय हुनासाथ फुटबलका लागि समय निकाल्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?