काठमाडौं । धितोपत्र बजारमा साताको शुरुको दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकले सुधार आएको छ ।
आइतबार कारोबार शुरु भएसँगै बजारमा शेयर केही सुधार देखिएको थियो । त उक्त सुधार धेरै बेर टिक्न सकेन। करिब आधा घण्टापछि नै बजारमा गिरावट देखिएको थियो । तर, कारोबार बन्द हुनुभन्दा आधा घण्टा अघि फेरि नेप्से सुधार हुँदै आज नेप्से ३.४५ अंकले बढेर परिसूचक ११३५.३७ बिन्दुमा पुगेको छ ।
धितोपत्र बजारमा आज कुल १७१ वटा कम्पनीको शेयर कारोबार भएको थियो । निनिहरुको ९ लाख ८७ हजारभन्दा बढी कित्ता शेयर २८ करोड ७५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचक बढे पनि कारोबार रकम शेयर संख्यामा भने अघिल्लो दिनको तुलनामा कमी आएको छ । आज कारोबारमा आएका समूहमध्ये जीवन बीमा , सामूहिक लगानी कोष,जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन, समूह बाहेक अन्य समुहका शेयर कारोबारमा भने सुधार आएको पाइएको छ ।
केही दिन देखी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापकतर्फ शेयर कारोबार सबैभन्दा धेरै भइरहेको छ । आज ोपाल लाइफको २ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सर्वसाधारणतर्फको १ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै आज कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने कारोबारबाट सबैभन्दा धेरै आम्दानी गरेको छन् । कञ्चन डेभलपमेन्टको शेयर मुल्य ७.१० प्रतिशतले बढ्न गएको छ ।
तर समग्र परिसूचक बढेको दिन नेसनल माइक्रोफाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् । माइक्रोफाइनान्सका शेयर मूल्य करिब चार प्रतिशतले घटेको कारण लगानीकर्ताहरुमा केही निराशासमेत आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया