फाइनलका लागि नेपाल बंगलादेशसँग भिड्दै, नेपालको खातामा १ गोल (लाइभ)

काठमडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलका लागि नेपाल बंगलादेशसँग भिड्दै छ। खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु भएको छ ।

खेलको १० औं मिनेटमा कप्तान सुजल श्रेष्ठको क्रसमा सुनिल वलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।

शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले हराउँदै नेपालले फाइनल प्रवेशका लागि बंगलादेशसँग खेल्न लागेको हो ।

शनिबार नै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई ३-० गोलले हराएउँदै फाइनल प्रवेश गरिसकेको छ। भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो। भुटानले चार खेलबाट नौ अंक बनाएको छ।

दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ। तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ। दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका बाहिरिएका छन्।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । लिग चरणमा तेस्रो हुने टोलीलाई सोझै कांस्य पदक प्रदान गरिनेछ ।

नेपाल र बंगलादेशको खेल लाइभ हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?