सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिन भन्दै ७ हजार घुस, नेपाल प्रहरीका सई प्रकाउ

काठमाडौं । ७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हेमन्त केसी ७ हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका-१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो ।

सई केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिन भन्दै घुस लिएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?