१३ औँ साग : नेपालले पुरुष फुटबलमा बंगलादेशलाई हरायो, फाइनलमा भुटानसँग भिड्ने

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशविरुद्ध १ गोल प्रहार गरेको नेपाल फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १(० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएको हो । खेलको १० औं मिनेटमा कप्तान सुजल श्रेष्ठको क्रसमा सुनिल वलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

अब फाईनलमा नेपालले भुटानसँग खेल्ने छ ।

यसैबिच यो संस्करणमा बंगलादेशका ६ नम्बर जर्सीका खेलाडी जमाल बुयानले रेड कार्ड पाएका छन् ।
रेफ्रीमाथि नै हातपातको प्रयास गरेका उनलाई रेड कार्ड दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?