काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन विभिन्न १३ विद्यामा प्रतिस्पर्धा हुँदैछ ।
सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।
आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्ण नेपाले पाएको छ । नेपाल दोस्रो स्थानमा छ ।
कुन–कुन खेल हुँदैछन्
फुटबल
साग अन्तर्गत महिला फुटबलको फाइनल खेल सोमबार हुनेछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ ।
क्रिकेट
साग क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल सोमबार हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ ।
महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।
कबड्डी
आज महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासंग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । महिलाको फाइनल खेल १ बजे हुनेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा खेल हुँनेछ ।
बास्केटबल
बास्केटबल अन्तर्गत सोमबार सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ ।
पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।
बक्सिङ
सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ ।
आर्चरी
आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । आर्चरी पोखरामा भईरहेको छ ।
स्क्वास
सोमबार स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
टेनिस
टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् ।
टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिस्पर्धा गर्दैछन् ।
कुस्ती
कुस्तीमा सोमबार दुई स्वर्ण पदकका लागि खेल हुँदैछन् ।।
जुडो
साग अन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
फेन्सिङ
फेन्सिङ अन्तर्गत सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
पौडी
पौडी अन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ ।
सुटिङ
सुटिङ अन्तर्गत सोमबार पनि एक खेल हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया