काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया